सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार १२:४१ 
  • तनहुँ, ५ माघ । सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो । सघन कक्ष भवनको माथिल्लो तलामा गत आर्थिक वर्षमा ट्रष्ट निर्माणको कार्य थालिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकिएकोले यसवर्ष पुनः गण्डकी प्रदेश सरकार समक्ष बजेट माग गरिएको सूचना अधिकारी डा दिवस ढकालले जानकारी दिनुभयो ।

    करिब रु दश लाख बजेट आवश्यक पर्ने देखिएको छ । उहाँले भन्नुभयो, “ट्रष्ट निर्माण पश्चात अझै शय्या क्षमता वृद्धि गर्न सकिनेछ ।” दमौली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको रहेको उहाँले बताउनुभयो ।

    अस्पतालका सघन कक्षमा बिरामीको सङ्ख्या शून्य रहेका कारण सबै शय्या खाली रहेको सो अस्पतालले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या उकालो चढ्दै गरेको अवस्थामा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शय्या क्षमता वृद्वि गर्न लागिएको उहाँले बताउनुभयो ।

    अस्पतालमा दैनिक एक सयदेखि १५० सम्मको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । यतिबेला रुघाखोकी, भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको मेडिकल रेकर्डर सरोज रेग्मीले जानकारी दिनुभयो । उपचारमा आएका बिरामीलाई आराम गर्न होम आइसोलेशनमा बस्ने, खानपिनमा ध्यान दिने, तातोपानी मात्र सेवन गर्ने र नियमित औषधि सेवन गर्ने लगायतका सल्लाह सुझाव दिने गरिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
    तनहुँमा मंगलबार सम्म १११ नयाँ सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । केहि दिन अघि तनहुँमा कोरोना सङ्क्रमण दर सङ्ख्या न्यून रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.