सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार ११:०६ 
  •  वीरगञ्ज,५ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

    भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

    वीरगञ्ज भन्सारले गत आव ०७७/७८ को पुससम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको थियो । प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार पुस महिनामा १७ अर्ब ६० करोड ९० लाख ८ हजार राजश्व संकलनको लक्ष्य प्राप्त भएको थियो । कार्यालयले लक्ष्यको ९७.७ प्रतिशत अर्थात १७ अर्ब २० करोड ९१ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ ।

    कुन शीर्षकमा कति राजश्व ?

    वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट राजश्व संकलन गरेको छ । ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ कर उठाउने लक्ष्य लिएको भन्सारले मूल्य अभिवृद्धि कर वापत लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब ३ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ ।

    वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्रिएका मालसामानबाट ६ महिनामा ३८ अर्ब ५७ करोड ७३ लाख १४ रुपैयाँ भन्सार महसुल संकलन हुँदा निर्यात भएका माल बस्तुबाट एकदमै कम राजश्व संकलन भएको छ । निर्यात भएका मालबस्तुबाट १ करोड ३२ लाख १९ हजार रुपैयाँ मात्र भन्सार महशुल उठेको छ । जुन लक्ष्यको १९ प्रतिशत मात्रै हो । कार्यालयले पुस मसान्तसम्म ६ करोड ९९ लाख ७६ हजार भसार महशुल निर्यात तर्फ संकलन गर्ने लक्ष्य राखेको थियो ।

    अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करमात्रै ७ अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ संकलन भएको भन्सारले बताएको छ । अग्रिम आयकर १४ करोड ६८ लाख ९० हजार रुपैयाँ, स्वास्थ्य जोखिम कर ८३ लाख ६५ हजार, कृषि सुधार शुल्क ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब ३९ लाख ९५ हजार संकलन गरेको छ ।

    भन्सार सम्बन्धी अन्य आय शीर्षकमा ५ करोड ५७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको भन्सारले सडक निर्माण तथा सम्भार दस्तुर वापत ३ अर्ब ९ करोड ५ लाख ६१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.