सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘कबड्डी ३’ मा उपासनाको लागि दयाहाङ, कर्मा र विल्सनको लडाई


  •    /१७ भाद्र २०७६, मंगलवार १२:१९ 
  • काठमाडौँ । सुपरहिट सिरिज ‘कबड्डी’को तेस्रो श्रृङ्खला ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ३४ सेकेण्ड लामो ट्रेलर रोमान्टिक कमेडी छ । अघिल्लो श्रृङ्खलाकै फ्लेवरमा ट्रेलर छ ।

    रामबाबु गुरुङ निर्देशित फिल्ममा केहि पात्र थपिएका छन् । पृष्ठभुमि मुस्ताङकै गाउँ छ । दयाहाङ राई कथाका मूल पात्र हुन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी छिन् । कर्मा शाक्य, विल्सनविक्रम राई र लूनिभा तुलाधर पनि यसपटक ‘कबड्डी’का नयाँ पात्र हुन् ।

    असोज ३ गते रिलिज हुने फिल्ममा बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल र मणि के राईको पनि अभिनय छ ।

    नेपाली फिल्म उद्योगको ब्राण्डको रुपमा स्थापित भैसकेको सिरिजको कारण ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा ठूलो ओपनिङ गर्ने अनुमान गरिएको छ ।

    सिनेमा आर्टसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको लगानी छ । सह–निर्मातामा रुदेन सदा लेप्चा छन् । (रङ्गखबरबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.