सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशको राजधानी जनकपुर तोकिएपछि मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १७:०० 
  • वीरगन्ज,४ माघ । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि प्रदर्शनमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।

    वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको र्‍यालीमा सहभागी एक युवाले ढुंगा प्रहार गर्दा राधेमाईस्थित मुख्यमन्त्रीको घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    प्रदेशसभाबाट हिजो सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो । सीसीटीभीमा ढुंगा प्रहार गर्ने युवकको पहिचान भएर ढुंगा प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.