सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १६:४४ 
  • चरीकोट, ४ माघ । पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् ।

    कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण बढेपछि व्यवसायी चिन्तित भएका हुन् । दैनिक तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढदै जान थालेपछि पर्यटकीय क्षेत्र सुनसान बन्दै गएका छन् । आन्तरिक पर्यटकका लागि मुख्य यामको रुपमा लिइने यो समयमा पर्यटकको चहलपहल छैन ।

    केही दिनअघिसम्म हिउँ खेल्न आउने पर्यटकका कारण बढेको चहलपहल हाल कालीञ्चोक, चरीकोटलगायत क्षेत्रमा सुनसान छ । पर्यटनलाई लक्षित गरी व्यवसायीले करोडौँ रुपैयाँ लगानी गरेका थिए । पटक–पटक कोभिड–१९ का कारण बन्द हुन थालेपछि व्यवसायीलाई ठूलो क्षति पुगेको व्यवसायी दिनेश बस्नेतले बताउनुभयो । “केही राहत महसुस भएको थियो, फेरी व्यवसाय बन्द हुने अवस्था आयो”, उहाँले भन्नुभयो ।

    दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईन्द्र श्रेष्ठले कोरोना त्रासले व्यापार व्यवसाय पुनः चौपट भएको बताउनुभयो । पछिल्लो समय जिल्लामा पर्यटकलाई लक्षित गरी होटलमा लगानी बढेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.