सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा होटल र सिनेमा हल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १६:३५ 
  • चितवन, ४  माघ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै कारोना संक्रमण नियन्त्रणको लागि कडा निर्देशनहरु जारी गरेको छ ।

    प्रशासनले सोमबार जारी गरेको सूचनामा आज बिहान ६ बजेबाट लागू हुने गरी २४ बुँदे आदेश जारी गरेको हो ।

    प्रशासनले जारी गरेको आदेशमा होटल, रेष्टुरेन्ट, रंगशाला, सिनेमा हल र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा प्रवेश गर्दा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । प्रशासनले मोबाइलमा खोप कार्डको फोटो भने पनि बोकेको हुनुपर्ने आदेशमा उल्लेख छ । त्यसैगरी प्रशासनले चितवनका पार्टी प्यालेसमा जनस्वास्थ्यको मापदण्ड पालना गर्दै बढीमा ५० जनामात्र उपस्थित हुन पाउने जनाएको छ । यदि विवाह, पास्नी, न्वारन, व्रतबन्ध जस्ता कार्यक्रम प्रशासनसँग पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

    त्यसैगरी कोरोना नियन्त्रणको लागि प्रशासनले जारी गरेको आदेशमा चितवनका सपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्दै बढीमा २५ जना भन्दा बढी प्रवेश गर्न नपाइने जनाएको छ । प्रशासनले आदेशमा मनोरञ्जनका लागि र शैक्षिक उद्देश्यले मानिसको भीडभाड हुने कुनै पनि कार्यक्रम माघ १५ सम्म भौतिकरुपमा सञ्चालन नगर्न पनि निर्देशन दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.