सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अत्यधिक चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरण


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १६:०७ 
  • जनकपुर,३ माघ ।अत्यधिक चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीतलहरबाट प्रभावितको गरिब, विपन्नहरुको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।

    मधेश प्रदेश सरकारले आज मात्रै महोत्तरीको गौशाला नगरपालिका– ६ स्थित मुसहर बस्तीमा नगरक्षेत्रका ८०० परिवारलाई कम्बल वितरण गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिका– ७ जानकी नगरका ५०० गरिब, विपन्न परिवारलाई न्यानो लुगा कम्बल वितरण गरेको थियो । ‘‘चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरेका छौं”, मन्त्री साहले भन्नुभयो,‘‘ चिसोबाट प्रभावितलाई कम्बल वितरण गर्न सुरु गरेका छौं, जिल्ला जिल्ला स्थानीय तहसँग समन्वय गरेर कम्बल वितरणको कार्य भइरहेको ।” अहिले दुई हजार १०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको र आवश्यकता अनुसार अरु पनि खरिद गर्ने मन्त्री साहको भनाइ छ ।

    यसवर्ष चिसोको कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको काम समेत भइरहेको उहाँले बताउनुभयो । ‘‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं”, मन्त्री साहले भन्नुभयो, ‘‘चिसोबाट जोगिन आवश्यकपर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।”

    विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताउनुभयो । यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि चिसो प्रभावित विपन्न परिवारलाई न्यानो लुगा वितरण थालेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जिल्लाको सबैला नगरपालिका र मिथिला नगरपालिकाका २८० विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

    ‘‘ चिसोबाट सबै क्षेत्र प्रभावित छ, त्यसमा पनि गरिब, विपन्न अत्यधिक समस्यामा छन्”, प्रजिअ पौडेलले भन्नुभयो,‘‘त्यसैले हामीले बढी प्रभावित दुबै ठाउँका विपन्नलाई कम्बल वितरण गरेका छौं ।” अन्य ठाउँका विपन्नलाई पनि कम्बल वितरणका लागि स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय भइरहेको प्रजिअ पोडेलले भन्नुभयो ।

    यसअघि गत सातामा मात्र जिल्ला प्रशासन कार्यालयले धनुषाको धनौजीस्थित राष्ट्रिय आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका २०० बालबालिकालाई स्वीट्र बाँडेको थियो । जिल्लाका थप सामुदायिक विद्यालयका बालबालिकालाई समेत स्वीट्र बाँड्ने योजना रहेको प्रजिअ पौडेलको भनाइ छ । यसका साथै चिसोबाट प्रभावित विपन्न, गरिब परिवारलाई वितरण गर्न युनिसेफ लगायतका दातृ निकायसँग कम्बल माग गरिएको उहाँले बताउनुभयो ।

    चिसो बढ्ेसँगै सुरक्षाकर्मीले विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालेका छन् । वर्सेनि चिसोबाट प्रदेश २ मा करिब १५ प्रतिशत नागरिक प्रभाबित हुने गरेको प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्कले देखाएको छ ।
    ‘‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्”, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भन्नुभयो,‘‘ अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ््याउने न्यानो लुगा हुँदैन्, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।”

    यसैबीच विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीलहरका कारण प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दूधे बालकदेखि वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँलगायतका बिरामीको चाप ब बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

    विगत ३ दिनदेखि घाम नउदानुको साथै चिसो हावा चलेका कारण सर्वसाधारण आगो बालेर दिन बिताउन बाध्य भएका छन् । चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमासमेत सेवाग्राहीको चाप घटेको । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.