सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १५:५५ 
  • गण्डकी, ४ माघ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो ।

    बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड र महेन्द्रपुल शाखाका शाखा प्रबन्धकद्वय बलबहादुर ढकाल र गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । एकेडेमीमा हाल १५ जिल्लाका २४ बालक रहेको क्लबका उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिनुभयो । सहारा क्लबले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षणसमेत दिँदै आएको छ ।

    क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दैआएको छ । लुम्बिनी विकास बैंकले सातवटै प्रदेशमा ७९ शाखामार्फत २०७८ पुस मसान्तसम्म रु ४२ अर्ब ३८ करोड निक्षेप सङ्कलन गरी रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले “निरन्तर सहयात्रा” नाराका साथ देशभरका ३१ जिल्लामा ७९ शाखा र १७ एटिएमबाट करिब तीन लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको छ । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा क्लब पोखरालाई सहयोग रकम हस्तान्तरण गरेको बैंकका पोखरास्थित न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.