सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमतीलाई हराउदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १२:२० 
  • काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।

    क्रितिपुर स्थित टियु क्रिकेट मैदनमा भएको सेमिफाइनल खेलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो ।

    टस जितेर ब्याटिङ गरेको पुलिसले बागमतीलाई १५६ रनको चुनौति दिएको थियो ।

    पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो ।

    पुलिसका लागि ओपनर पवन सर्राफले सर्वाधिक ५९ रनको योगदान गरे ।

    साथै, दिलिप नाथले विष्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३१ रन बनाउन सफल रहे भने अनिल साहले २५ रन जोडे ।

    बागमतीका लागि नन्दन यादव र रिजन ढकालले समान दुई–दुई विकेट हात पारे भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

    १५६ रनको लक्ष्य पछ्याएको बागमतीले निधारित २० ओभरमा ८ विकेटको नोक्सानिमा १०५ रन मात्र जोड्न सक्यो ।

    बागमतीका आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे भने राम नरेशले २२ रन बनाए ।

    पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए ।

    यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोडे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.