सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालका सात चिकित्सकसहित ३७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १०:४६ 
  • भरतपुर, ४ माघ । भरतपुर अस्पतालका ३७ जना चिकित्सक कर्मचारी कोभिड–१९ बाट संक्रमित भएका छन् । अस्पतालमा संक्रमितको संख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको हो ।

    सोमबार गरिएको परीक्षणमा अस्पतालमा कार्यरत सात जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । मेसु प्रा. डा. कृष्ण पौडेलका अनुसार संक्रमित हुनेहरुमा १५ जना स्टाफ नर्स रहेका छन् ।

    यस्तै फार्मेसीका चार, प्रशासनका दुई तथा एमरजेन्सीमा कार्यरत केही स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना पुष्टि भएको डा. पौडेलले जानकारी दिए । अस्पतालको प्रहरी बिटका एक प्रहरी हवलदारलाई पनि कोरोना देखिएको छ । सबै भन्दा पहिला उनलाई नै कोरोना देखिएको डा. पौडेलले बताए ।

    आज (मंगलबार) अन्य स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण हुने भएकोले संक्रमितको संख्या बढ्न सक्ने उनले बताए ।”हिजोको परीक्षणमा ३७ जना हो, उनले भने, आज पनि स्वाब टेस्ट हुन्छ । अझै बढ्न सक्छ ।” उनका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको अवस्था सामान्य छ । उनीहरु सबै होम आइसोलेसनमा छन् । संक्रमित अझै बढ्न सक्ने भएकोले अस्पतालबाट हुने सेवा प्रवाह कटौती गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.