सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संक्रमण बढेसँगै यातायात कार्यालय चितवनमा अनलाईन टोकन प्रणाली सुरु


  •    न्युजभित्तो/३ माघ २०७८, सोमबार १०:४७ 
  • चितवन, ३ माघ । जिल्लामा कोरोना संङ्क्रमणदर वढ्दै गए पछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भिडभाड हुन नदिन अनलाइन टोकन लागु गरेको हो ।

    सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा सवारी नविकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यस अघि नै अनलाइन टोकन सुरु गरिएको थियो । अहिले कोभिड सङ्क्रमणको जोखिम बढेसँगै सवारी नविकरणमा पनि अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले बताउनुभयो । एक घण्टामा ३० वटा सवारी र १३ वटा लाइसेन्स नविकरण गर्ने गरी अनलाइन टोकन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोभिड बढेकोले एक पटकमा २५ जना भन्दा बढी भिडभाड नहुने गरी सेवा प्रवाह गर्ने स्थानीय प्रशासनको आदेशपछि अनलाइन टोकन सुरु गरेका हौं ।” भिडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरिएको छ ।

    कोभिडका कारण कार्यालय बन्द हुन नदिन भिडभाड कम गरेर सेवा प्रवाहको योजना रहेको उहाँले बताउनुभयो । सेवाग्राहीले कार्यालयको वेबसाइटमा गएर सजिलै अनलाइन टोकन लिन सक्नेछन् । वेबसाइटको भेटघाट व्यवस्थापन प्रणालीमा क्लिक गरेर नाम, मोबाइल नम्बर, लिन चाहेको सेवा र सेवा लिने मिति राखेर टोकन लिन सक्नेछन् ।

    कार्यालयको सिस्टमले एक घण्टामा १५ जनालाई सेवा दिने गरी समय व्यवस्थापन गर्छ । सोही समयमा अनुसार कार्यालय गएर सेवा लिन सक्नेछन् । उहाँले थप्नुभयो “सिस्टमले समय दिन्छ । पहिलो १५ जनालाई १० देखि ११ बजे, दोस्रो १५ जनालाई ११ देखि १२ बजे, यसरी समय दिन्छ, ११ देखि १२ बजेलाई समय दिएको सेवाग्राही अरु समयमा आउनु पर्दैन ।”

    अनलाइन टोकन लिएर आएपछि मात्रै सेवा दिने गरी व्यवस्थापन भइरहेको उहाँले वताउनुभयो । कार्यालयले मंसिर १२ गतेबाट लाइसेन्स नविकरण सेवा सुरु गरेको थियो । सेवा सुरु भएकोसंगै मंसिर १३ गतेबाट नै अनलाइन टोकन सुरु गरिएको हो ।

    कार्यालयमा अहिले दैनिक ६० जना भन्दा बढी लाइसेन्स नविकरण सेवा बारे परामर्श लिन आउने गरेका छन् । ती मध्ये दैनिक ४० भन्दा बढीले नविकरण सेवा लिने गरेका छन् । कार्यालयले अहिलेसम्म ६ सय भन्दा बढी लाइसेन्स नविकरण गरिसकेको छ । कार्यालयले पेपरकार्ड र स्मार्ट दुबै लाइसेन्स नविकरणको सेवा दिइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.