सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१४ टन मानवीय सहायता सामग्री अफगानिस्तान पठाइयो


  •    न्युजभित्तो/२ माघ २०७८, आईतवार १४:३९ 
  • काठमाडौँ, २ माघ । नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तन लगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताए ।

    खाद्यान्नबाहेकका ती सामग्री करिब १४ टन रहेको मन्त्री खड्काले बताए । उनले नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताए । यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री पठाउनसक्ने सन्देश दिएको बताए ।

    उनले भने, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग लिन्छौँ तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ । यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उच्च तुल्याउन सहयोग पुग्नेछ ।”

    सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री व्यवसायीले निःशुल्करुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिनुभयो । उहाँले सहायता सामग्री अफगानिस्तानसम्म पुर्याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि बताए । दक्षिण एशियाली राष्ट्रको साझा समस्या भएको र सोही दायित्वअनुरुप आवश्यक मानवीय सहायता जहाजमार्फत पुर्याउन लागिएको मन्त्री खड्काले जानकारी दिए ।

    सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । सहसचिव लम्साल नेतृत्वको टोलीले काबुलस्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलाई मानवीय सहायता सामग्री आजै हस्तान्तरण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.