सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान उड्यो


  •    न्युजभित्तो/२ माघ २०७८, आईतवार १३:११ 
  • काठमाडौं,२ माघ । अफगानिस्तानका लागि सहायता सामग्री लिएर नेपाली परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तान प्रस्थान गरेको छ ।

    औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित टोली हिमालयन एयरलाइन्सको चार्टड विमानबाट अफगानिस्तानको राजधानी काबुलका लागि प्रस्थान गरेको हो ।

    काबुल प्रस्थान गर्नुअघि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले सहायता औषधि, लत्ता कपडा, भाँडाकुँडा गरेर १४ टन सामग्री रहेको जानकारी दिएका छन् ।

    परराष्ट्रमन्त्री खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको जानकारी दिए ।

    काबुल विमानस्थलमा राष्ट्रसंघका प्रतिनिधिलाई सहायता सामग्री हस्तान्तरण गरेर टोली आजै नेपाल फर्कने छ ।

    तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.