गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी दुर्घटना
न्युजभित्तो/२ माघ २०७८, आईतवार १२:३०
गुल्मी,२ माघ । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् ।
गुल्मीदरबार गाउँपालिकाको बडानम्ब-३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो । आइतवार पनि लु२ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।
तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षती भने नभएको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिए ।
शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको हो ।