सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रशान्त महासागरमा ज्वालामुखी विस्फाेट, टोंगामा बिजुली र सञ्चार सेवा अवरुद्ध


  •    न्युजभित्तो/२ माघ २०७८, आईतवार ११:२७ 
  • काठमाडौं,२ माघ । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विस्फाेटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरेका छन् ।

    पहिलोपटक शुक्रबार र दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६ मिनेटमा ज्वालामुखी विस्फाेट भएको सीएनएनले जनाएको छ ।

    पानी मुनि ज्वालामुखी विस्फाेट भएको र सो विस्फाेटका कारण उत्पन्न ऊर्जाका कारण आएको छालले टोंगासम्म क्षति पुर्याएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    टोंगामा विद्युत, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका छन् । सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण भने आइसकेको छैन । त्यहाँका राजालाई सुरक्षित स्थानमा सारिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    जापानले तटीय क्षेत्रमा तीन मिटर अग्लो छाल आउन सक्ने अनुमान गर्दै सतर्कताको सूचना जारी गरेको छ । अमेरिकाले पनि ठूला छालहरुसँगै बाढी पनि आउने सम्भावना रहेको जनाएको छ ।

    ज्वालामुखी विस्फाेटको स्याटलाइट भिडियो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.