सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको घोषणा : दाउन्नेमा सुरुङमार्ग, धौबादीमा फलाम खानी


  •    /७ बैशाख २०७६, शनिबार २०:२४ 
  • कावासोती
    प्रधानमन्त्री केपी शर्मा ओलीले दाउन्नेको पहाडमा सुरुङ मार्ग बनाउने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘केही बर्षभित्र दाउन्नेका पहाडमा सुरुङ मार्ग बनाउँछौँ, ‘धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौँलाई रोजगारी पनि दिन्छौँ ।’

    नवलपुरको कावासोतीमा आज नमुना सदरमुकाम निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक खण्डलाई फोरलेन बनाउने कामको सुरुवात भइसकेको र दुम्कीबासदेखि बर्दघाटसम्मको जोखिमपूर्ण क्षेत्रमा केही वर्षभित्रै सुरुङमार्ग निर्माण गरिने जानकारी दिनुभयो । धौवादीको फलाम खानी पनि अब छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको समेत ओलीले बताउनु भयो ।

    सरकार नयाँ ऊर्जा र आत्मविश्वासका साथ अगाडि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले अहिले सरकार विकासका योजना बनाउन बजेट निर्माण गर्न लागि परिरहेको र जनतालाई विकासको नेतृत्व लिन सक्ने वातावरण गराउनका लागि खटिरहेको बताउनुभयो ।

    ‘यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नम्वर ४ मा राखेर भारतसँग सिमाना जोडाउ मैले धेरैजना नेताहरुलाई सम्झाउनु प¥यो’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘अब यो नयाँ जिल्लाले आफूलाई देशकै नमुना जिल्लाको पहिचान बनाउनु पर्दछ ।’

    प्रधानमन्त्री ओलीले आगामी तीन वर्ष भित्र हरेक घरमा बिजुली पु¥याइने घोषणा समेत गर्नुभयो । देशभर विकास निर्माणका कामहरूले तीव्रता पाएको भन्दै अब देश विकासको बाटोमा अगाडि बढेकोले विकास हुनबाट कसैले सोक्न नसक्ने समेत उहाँको भनाई थियो । उहाँले अब सबैखाले सुकुम्वासीका समस्या समाधान हुने पनि बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.