सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ह्याकरको पैसा सटही गर्ने तीन जना नेपाली पक्राउ


  •    /१६ भाद्र २०७६, सोमबार २२:१८ 
  • काठमाडौँ । बैंकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका ठमेलस्थित डेसो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्सका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार फरार रहेका तीन जना ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै साटेका थिए । “हामीले ह्याकरलाई समातिरहेको थियौँ, तर त्यही बेला फरार रहेका अन्य तीन जना ह्याकरलाई ति मनि एक्सचेन्जका सञ्चालकले भने नेपाली नोट लिएर डलर दिए”, उहाँले भन्नुभयो, “ह्याक गरेको मुद्रा सटही गरेकाले हामीले उनीलाई पक्राउ गरेका हौँ ।” उहाँका अनुसार अन्य ह्याकरलाई शनिबार समातिएको थियो भने ति मनि एक्सचेन्जका सञ्चालकले भने त्यही दिनदेखि फरार रहेका अन्य ह्याकरलाई मुद्रा सटही गरेर दिएको देखियो ।

    तीनै जनालाई बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो । चिनियाँ नागरिकले शनिबार नबिल बैंकको बुथको एटिएम प्रयोग गरेर प्रभु बैंक, एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबल–आइएमइलगायत बैंकबाट रु एक करोड २६ लाख २९ हजार ह्याक गरेर निकालेका थिए । प्रहरीले ह्याक गरेर पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई शनिबार र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिसकेको छ भने अन्य दुई फरार छन् । परिसरका प्रहरी नायब उपरीक्षक बोगटीले फरार रहेका दुई जनाको खोजि भइरहेको जानकारी गराउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.