सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित


  •    न्युजभित्तो/२६ पुष २०७८, सोमबार ११:५७ 
  • चितवन, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । २३ गतेदेखि शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज एक विज्ञप्ति प्रकाशित गरी अर्काे सूचना नभएसम्मको लागि अधिवेशन पुनः स्थगित गरिएको जनाईएको छ ।

    विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएकोले कार्यकर्ताको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अधिवेशनको निनर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाईएको छ ।

    एमाले चितवनको अधिवेशन पुस २३ गते उद्घाटन र २४ गते बन्द सत्र भएको थियो । बन्द सत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया शुरु हुनु अघि अधिवेशन स्थगित गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.