सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी चितवनमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा सुवास पण्डित


  •    न्युजभित्तो/२५ पुष २०७८, आईतवार १८:४८ 
  • चितवन, २५ पुस । प्रेस चौतारी चितवनमा सर्वसम्मत नेतृत्व निर्वाचित भएको छ । आज सम्पन्न सातौं जिल्ला अधिवेशनले सुवास पण्डितको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भुषाल, सहसचिवमा ध्रुवराज खनाल र रविना पौडेल र कोषाध्यक्षमा बद्री अर्याल निर्वाचित हुनु भएको छ ।

    यस्तै सदस्यहरुमा श्रमिका दवाडी, राजु अधिकारी, सविना लामिछाने, गीता दराइ, रामेश्वर रिजाल, लक्ष्मी ढकाल रेजिना, विनय आचार्य, सुनिल गौतम, मिरा रानाभाट, हिरालाल आचार्य र निरुता विक निर्वाचित हुनु भएको छ ।

     

    ३ वर्षे कार्याकालका लागि नेतृत्व चयन गरिएको हो । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आजै अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

    यसैबीच अधिवेशनले नौ बुँदे निम्न प्रस्ताव समेत पारित गरेको छ ।
    १) कोभिडको संक्रमण जारी नै रहेको र नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम पनि उच्च रहेको वर्तमान अवस्थामा सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अनुराध गर्दै तत्काल सबैलाई पूर्ण खोपको व्यवस्था गर्न सरकारसँग यो अधिवेशन जोडदार माग गर्दछ ।
    २) श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न सम्पूर्ण मिडिया हाउसलाई अनुरो गर्दै यो अधिवेशन प्रभावकारी अनुगमनको लागि प्रेस काउन्सिल समक्ष माग गर्दछ ।
    ३) कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका अनलाइन मिडियाहरुलाई कानुनको दायरामा ल्याई पत्रकार आचारसंहिताको पूर्ण पालना गराउन यो अधिवेशन सरकारसँग जोडदार माग गर्दछ ।
    ४) विभिन्न समयमा सञ्चारमाध्यमबाट निष्कासन गरिएका सम्पूर्ण पत्रकारहरुको यो अधिवेशन पुनर्वाहलीको माग गर्दछ ।
    ५) कोभिडको नाममा श्रमजीवी सञ्चारकर्मीको पारिश्रमिक कटौती गर्ने, पारिश्रमिक नदिने सञ्चारमाध्यमहलाई पूरा पारिश्रमिकको व्यवस्था गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
    ६) हरेक सञ्चारसंस्थालाई महिलामैत्री वातावरण सिर्जना गरी ३३ प्रतिशत पत्रकार महिलाको सहभागीलाई सुरक्षित गर्न यो अधिवेशन जोडदार माग गर्दछ ।
    ७) प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न राज्यका निकाय र स्थानीय तहसँग जोडदार माग गर्दै यो अधिवेशन प्रेस स्वतन्त्रताको उल्लंघन गर्नेहरुमाथि आवश्यक कारबाही गर्नसमेत यो अधिवेशन जोडदार माग गर्दछ ।
    ८) मूल्यवृद्धि, कालोबजारी, भ्रष्टाचार नियन्त्रण गरी जनतालाई राहत तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनसँग यो अधिवेशन जोडदार माग गर्दछ ।
    ९) नेपालको मध्यभागमा रहेको चितवनलाई पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्यको हब बनाएर विकास गर्नको लागि आवश्यक बजेट विनियोजन गरी काम अगाडि बढाउन यो अधिवेशन सरकारसँग जोडदार माग गर्दछ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.