लाकोजूलाई चिसाप राजकृष्ण कँडेल साहित्य सम्मान समर्पण
/१४ भाद्र २०७६, शनिबार २१:३६
चितवन । चितवन साहित्य परिषद्ले मेरो घाम कविता सङ्ग्रहका लागि काभ्रे पनौतीका स्रष्टा सूर्य प्रसाद लाकोजूलाई चिसाप राजकृष्ण कँडेल साहित्य सम्मान समर्पण गरेको छ । १५४औँ मोति जयन्तीको अवसरमा लाकोजूलाई चिसाप राजकृष्ण कँडेल साहित्य सम्मान समर्पण गरिएको हो ।
कवि गोविन्दराज विनोदीले लाकोजूलाई ११ हजार ४५ रुपैयाँ धनराशि सहितको चिसाप राजकृष्ण कँडेल साहित्य सम्मान समर्पण गर्नु भएको हो ।
लाकोजू र गोर्खा पालुङटारका स्रष्टा प्रदीप रोदनले गजल गायनका माध्यमबाट युवा कवि मोतिराम भट्टको झल्को दिलाउँदै कार्यक्रममा सहभागीहरुको मन जितेका थिए ।
चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकारहरु केदारनाथ खनाल, जगन्नाथ पण्डित , गणेश श्रमण, बालकृष्ण थपलिया लगायतले मन्तव्य राख्नु भएको थियो ।