सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तामाङ पत्रकार संघको भित्तेपात्रो सार्वजनिक


  •    /७ बैशाख २०७६, शनिबार १९:१२ 
  • भरतपुर ।
    तामाङ पत्रकार संघ चितवनले २०७६ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । शनिबार भरतपुर भोजाडमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामा प्रमुख अतिथि रहनु भएको थियो । लामाले पत्रकार देशलाई समृद्ध बनाउने महत्वपुर्ण अंग भएकाले सधै निष्पक्ष र तटस्थ भएर समाचार लेख्न आग्रह गर्नुभयो । उहाँले देशमा राजनीतिक तथा सामाजिक परिवर्तन भइसकेकाले अब हरेक नागारिक दक्ष र योग्य हुनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई छ ।

    नेपाल तामाङ घेदुङको संघीय सदस्य गोमन सिहं रुम्बाले कुनै समय राज्यको नीतिमा नै पछि परेको तामाङ समुदाय अहिले अधिकारका लागि लड्न सक्षम भइसकेको बताउनुभयो । उहाँले तामाङ पत्रकारले समुदायको संस्कृति, भाषा, भेषभुषा जगेर्नामा भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो । फोनिजका संघीय सदस्य राजु चौधरीले जुनसुकै समुदायको भए पनि पत्रकारले समावेशी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पत्रकारको क्षमता अभिबृद्धिका लागि स्थानीय सरकार तथा विभिन्न संघ संगठनले ध्यान दिनुपर्ने धारणा राखे । स्थानीय सरकारहरुले सञ्चारमाध्यम र पत्रकारसँग समन्वय गरेर अघि बढनुपर्नेमा उनीहरुको जोड छ ।

    कार्यक्रममा तामाङ पत्रकार संघका संघीय सदस्य उर्गेन तामाङ, घेदुङका जिल्ला अध्यक्षा गोपिराज घलान, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गंगा लामा,  प्रेस चौतारीका अध्यक्ष तीर्थ नेपाल, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, फोनिजका अध्यक्ष सन्दिप कुमार श्रेष्ठलगायत सरोकारवालाहरुले आफ्नो धारणा राख्दै नयाँबर्षको शुभकामना साटेका थिए ।

    संघका सचिव राजेश रुम्बाले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष बबिलाल तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.