सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवावर्ष ‘मोती’ पुरस्कार वल र चापागाईंलाई प्रदान


  •    /१३ भाद्र २०७६, शुक्रबार १८:५९ 
  • काठमाडौँ । युवावर्ष ‘मोती’ पुरस्कार साहित्यकार फूलमान वल र शङ्कर चापागाईँ (धनकुटे कान्छा) लाई प्रदान गरिएको छ ।

    राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीका अवसरमा नेपाल शिक्षा परिषद्मा आज आयोजित कार्यक्रममा विसं २०७६ को युवावर्ष मोती पुरस्कार वल र चापागाईंलाई प्रदान गरिएको हो ।

    विस २०४२ मा कोषद्वारा स्थापना गरिएको पुरस्कार राशि रु ५० हजार नगद र स्वर्णपदक रहेको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापना गरिएको उक्त पुरस्कार इतिहासविद्, संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीले वल र चापागाईंलाई प्रदान गर्नुभयो ।

    कार्यक्रममा शताब्दीपुरुष जोशीले नेपाली भाषा, साहित्यको विकास र विस्तारमा युवा साहित्यकारहरु लाग्नुपर्ने बताउनुभयो । “युवा साहित्यकारहरुले नै नेपालको भाषा र साहित्यलाई जोगाउन सक्छन्”, उहाँले भन्नुुभयो ।

    राष्ट्रिय युवा सेवा कोषले युवा साहित्यकारलाई अगाडि बढाउन गरेको काम सराहनीय रहेको उहाँको भनाइ थियो । कोषका अध्यक्ष भीमबहादुर अधिकारीले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धिमा युवाकवि मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेकाले उहाँको नाममा पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

    कोषका महासचिव लक्ष्मण थापाले कोषले मोतीराम भट्टको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको जानकारी दिनुभयो । कोषले हालसम्म युवावर्ष मोती पुरस्कारबाट ६० भन्दा बढी युवा साहित्यकारलाई सम्मान गरिसकेको छ ।

    सोही अवसरमा यसैवर्ष दिवङ्गत हुनुभएका १९ साहित्यकारलाई सम्झना गर्नुका साथै समस्यापूर्ति कवि सम्मेलनको समेत आयोजना गरिएको थियो ।

    यसवर्ष दिवङ्गत हुने साहित्यकारहरुमा हेमराज ज्ञवाली, सुशीला शाह (राणा), मोहनराज शर्मा, मदनमणि दीक्षित, शिव रेग्मी, विष्णुप्रसाद पौडेल, बसन्तकुमार शर्मा, प्रा डा टीकाराम अधिकारी, रीता शाह, लक्ष्मीदेवी सुन्दास, दुर्गा दाहाल, अच्युत मल्ल, हरिबहादुर ढुङ्गानालगायत हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.