संरक्षणमा योगदान पु¥याए वापत रासस चितवनका प्रमुख अधिकारी सम्मानित
/७ बैशाख २०७६, शनिबार १८:५०
चितवन : चौबीसौं वन्यजन्तु सप्ताहाको समापनका अवसरमा राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी सहित संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका बिभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको छ । हरेक वर्ष वन्यजन्तु सप्ताहको समापनका अवसरमा एक जना पत्रकारलाई सम्मान गरिदै आएको छ । सोहि क्रममा चितवनमा रहेर अधिकारीले झण्डै दुई दशकदेखि वन, वन्यजन्तु र जैबिक विविधता सम्बन्धी विभिन्न समाचारहरु मार्फत जनचेतना अभिबृद्धि गरी वन्यजन्तु र जैबिक विविधता संरक्षणमा बिशेष योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले सोही अबसरमा आज दुई जना संरक्षणकर्मीहरुलाई पुरस्कृत समेत गरेको छ । सो अवसरमा कञ्चनपुरका संरक्षणकर्मी पुस्करवहादुर सिंहलाई वन्यजन्तु संरक्षण पुरस्कार र ललितपुरका मुकेशकुमार चालिसेलाई राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभाग अन्तर्गत बिभिन्न कार्यालयहरुमा रहेर संरक्षण क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कर्मचारीहरु, मध्यवर्ती क्षेत्रका प्रतिनिधि, दातृ निकायका प्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली र पूर्ब सचिबहरुले पुरस्कार बितरण एबं सम्मान गर्नु भएको थियो । कार्यक्रममा ओलीले वन र वन्यजन्तु संरक्षणमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
मापन समारोहमा नेपाल सरकारका पूर्ब सचिब डा. स्वयम्भुमान अमात्य, पूर्ब महानिर्देशक बिश्वनाथ उप्रेती, संरक्षण कर्मी प्रा.डा. मुकेश कुमार चालिसे, पुस्कर वहादुर सिंह, निकुञ्ज विभागका महानिर्देशक मनवहादुर खड्का, उपमहानिर्देशक गोपाल प्रकाश भट्टराई लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा लामटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु, वर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु बिषयक पुस्तक, नेपालका संरक्षीत क्षेत्रमा जैबिक विविधता संरक्षण तथा वेवस्थापन र अपिनम्पा संरक्षण क्षेत्रको जैबिक विविधता प्रोफाईलको लोकापर्ण गरिएको थियो ।
यस्तै वन्यजन्तुमैत्री सडक संरचनाको नमुनाको सार्वजनिकिकरण र वन्यजन्तुमैत्री सडक संरचनाको नमुना हस्तान्त्रण गरिएको थियो । वन्यजन्तु सप्ताहका अवसरमा आयोजित बिभिन्न कार्यक्रमहरुमा उत्कृष्ट हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।
चितवन :
चौबीसौं वन्यजन्तु सप्ताहाको समापनका अवसरमा राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी सहित संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका बिभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको छ । हरेक वर्ष वन्यजन्तु सप्ताहको समापनका अवसरमा एक जना पत्रकारलाई सम्मान गरिदै आएको छ । सोहि क्रममा चितवनमा रहेर अधिकारीले झण्डै दुई दशकदेखि वन, वन्यजन्तु र जैबिक विविधता सम्बन्धी विभिन्न समाचारहरु मार्फत जनचेतना अभिबृद्धि गरी वन्यजन्तु र जैबिक विविधता संरक्षणमा बिशेष योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।