सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कहिलेसम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरिरहने ?


  •    /११ भाद्र २०७६, बुधबार २१:५९ 
  •    डा. युवराज सङ्ग्रौला

    म बिहान ७ः३० मा कलेज पुग्छु। म घरमा सुत्छु। यो मेरो श्रमले बनाएको घर हो। मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु। मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न्। उनी त्यसको पनि कर तिर्छन्।

    मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु। मैले बाँच्न पनि कर तिर्नु पर्छ।

    म ६ घन्टा पढाउछु। मेरो दिमाग र श्रम बापत म तलब पाउँछु। तर त्यसमा पनि कर लाग्छ।

    म गाडी किन्छु। त्यसमा कर तिर्छु। प्रत्येक वर्ष कर तिर्छु। म पेट्रोल किन्छु त्यसमा पनि कर तिर्छु। म सडकमा गाडी कुदाउँछु, त्यसको पनि कर तिर्छु।

    म सन्तानलाई पढाएबापत कर तिर्छु।

    म बिरामी हुन्छु, डाक्टरलाई जचाउदा पनि कर तिर्छु। म औसधि किन्छु त्यसमा पनि कर तिर्छु। म आँखाका लागि चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु।

    म जुत्ता किन्छु, त्यसमा पनि कर तिर्छु।

    म सर्ट किन्छु, त्यसमा पनि कर तिर्छु।

    म कट्टु किन्छु त्यसमा पनि कर तिर्छु।

    म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु।

    म पानी पिउँछु, त्यसमा पनि कर तिर्छु।

    म जिवनका प्रत्येक पाइलामा कर तिर्छु। मलाइ हर्ट एट्याक हुन्छ, औषधि गर्छु। मृत्युबाट फर्किदा पनि कर तिर्छु। दुर्घटना हुन्छ, मेरो खुट्टा काटिन्छ, तर म सङ्ग कर पनि लिइन्छ। बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, म सङ्ग कर उठाइन्छ।

    तर यो करबाट के किन्छ सरकार ?

    १. मन्त्री र हाकिमलाइ महङ्गो गाडी किन्छ।
    २. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ।
    ३. मन्त्री र हाकिमलाई बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार।
    ४. दलका कार्यकर्तालाई खर्छ बाँड्छ।
    ५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ। हाकिम र मन्त्रीले ३५ प्रतिशत घुस खान्छन्।
    ६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ। टोल टोलका फलफूल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न्। तर जुम्लाका स्याउ भैंसीले खाँदैछ्न्।
    ७. गरिबले सिटामोल पाउँदैन। सुकुम्बासीको घर छैन। थुप्रै महिला शरीर बेच्न बाध्य छ्न्।
    ८. किन ?

    म यो देशको सन्तान हुँ। मेरो जिम्मेवारी छ यो देश जोगाउने। म नागरिक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने। तर मलाई शासन गर्छन् मेरा देशका नेता। मलाई शोषण गर्छन् मेरा नेता।

    मैले भर्खर एउटा सन्तान जन्माएँ। उसले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भविष्मा। तर, उसलाई लिएर घर फर्किदा मैले उसलाई जन्माए बापत कर तिरेँ। अब उसको नाम दर्ता गर्दा कर तिर्नुपर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नुपर्छ। उसको बिबाह दर्ता गर्दा कर तिर्नुपर्छ। उसको नागरिकता लिदा कर तिर्नुपर्छ।

    कहिलेसम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरि रहने ?

    म तपाइँलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रश्नको जवाफ तपाईंसङ्ग छ ?

    के चुनाव मेरो श्रममा लगाएको करबाट बाजी खेल खेल्नमात्र हो ? हरेक नागरिक सचेत हुन आवश्यक छ। सोध्नुहोस प्रश्न । लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस। निराशा होइन चेतनाको खेती गरौँ ।

    (कानुनविद् डा. सङ्ग्रौला पूर्व महान्यायाधिवक्ता हुनुहुन्छ)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.