सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनसेलबारे सर्वोच्चको फैसला : ‘जानकारी पाएको मितिदेखि मात्र लाभकर तिर्नू’


  •    /९ भाद्र २०७६, सोमबार २३:२१ 
  • काठमाडौँ । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिदेखि मात्रै पूँजीगत लाभकर तिराउनुपर्ने फैसला गरेको छ ।

    न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज सो फैसला गरेको हो । ‘विसं २०७४ असार १३ को समयसम्म प्राप्त कागजातका आधारमा बिक्री मूल्य कायम गरेको भन्ने व्यहोरा छ’, फैसलामा भनिएको छ, ‘शेयर खरीद–बिक्रीको कारोवारमा त्यसभन्दा बढी लाभ प्राप्त भएको भन्ने कुनै कुनै कागजातहरु प्राप्त हुन आएको अवस्थामा ठूला करदाता कार्यालयलाई पुनः संशोधित कर निर्धारण गर्ने वा नगर्ने अधिकार सुरक्षित नै हुनेछ ।’

    अदालतको फैसलामा एनसेललाई ठूला करदाता कार्यालयले २०७६ वैशाख ३ गते निर्धारण गरेको कर उत्प्रेषण आदेशले बदर गरेको छ । एनसेल प्रालिको ८० प्रतिशत शेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवाद थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्दै कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्री अनुमति नदिनू भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो ।

    अदालतले ठूला करदाता कार्यालयले एनसेलमाथि रु ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यसमध्ये करीब रु साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउन बाँकी थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.