चितवन भरतपुरको केन्द्रिय बस टर्मिनलमा बसमा आगो लागेको छ । ग १ ख ३८८४ नम्बरको बसमा आगो लागेको हो । अहिले दिउँसो पौने एकबजेतिर बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । बसमा आगो लागेपछि प्रहरी घटनास्थलमा पुगेको छ । बसमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन । उक्त बस तीन वर्षदेखि बिग्रिएर त्यहाँ राखिएको प्रहरीले जनाएको छ । आगलागीबाट बसको अगाडीको भागमा बढी क्षति भएको छ । बसमा किन र कसले आगो लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवन
भरतपुरको केन्द्रिय बस टर्मिनलमा बसमा आगो लागेको छ । ग १ ख ३८८४ नम्बरको बसमा आगो लागेको हो ।
अहिले दिउँसो पौने एकबजेतिर बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । बसमा आगो लागेपछि प्रहरी घटनास्थलमा पुगेको छ ।
बसमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन । उक्त बस तीन वर्षदेखि बिग्रिएर त्यहाँ राखिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बसको अगाडीको भागमा बढी क्षति भएको छ । बसमा किन र कसले आगो लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।