सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु


  •    /७ भाद्र २०७६, शनिबार २२:५३ 
  • जेनेभा, (रासस/सिन्ह्वा) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ ।

    डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको बताउनुभयो । उहाँले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको छ ।”

    डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ ।

    उहाँले भन्नुभयो, “केही क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौं । हामीसँग खोप पनि उपलब्ध छ । निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन पाएको छैन ।”

    कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.