सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु


  •    /७ भाद्र २०७६, शनिबार २२:५३ 
  • जेनेभा, (रासस/सिन्ह्वा) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ ।

    डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको बताउनुभयो । उहाँले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको छ ।”

    डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ ।

    उहाँले भन्नुभयो, “केही क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौं । हामीसँग खोप पनि उपलब्ध छ । निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन पाएको छैन ।”

    कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.