सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाकोटमा करोड लगानीमा कलात्मक हनुमान मन्दिर बनाईंदै


  •    /७ बैशाख २०७६, शनिबार १०:२५ 
  • गैंडाकोट (नवलपरासी)
    श्री हनुमान मन्दिर समिति, चक्रघाटले मन्दिर निर्माणको २० वर्षे कार्ययोजना अन्तर्गत पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । समितिले गैंडाकोटमा पत्रकार सम्मेलन गरेर शिखरशैलीको कलात्मक मन्दिर निर्माण गरिने जनाएको छ । मन्दिर र यस वरिपरिको क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रचुर सम्भावना रहेकोले यसको प्रचारप्रसार गरिने पनि श्री हनुमान मन्दिर समिति, चक्रघाट समितिले जनाएको छ ।

    श्री हनुमान मन्दिर चक्रघाटमा रहेको स्नानघाट, धर्मशाला, गुरुयोजना मुताविकको पार्क निर्माण तथा धार्मिक बनको दीगो व्यवस्थापनले गैंडाकोटको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने श्री हनुमान मन्दिर समिति, चक्रघाटका अध्यक्ष टिकाराम सापकोटाले बताउनुभयो । उहाँले मन्दिरको निर्माण र धार्मिक पर्यटन प्रवद्र्धन अन्तर्गतका कार्ययोजना सम्पन्न गर्न भक्तजनको सहयोग आवश्यक रहेकोले सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

    श्री हनुमान मन्दिर चक्रघाट निर्माणका लागि अनुमानित एक करोड रुपैयाँ आवश्यक रहेको सापकोटाले बताउनुभयो । भक्तजनबाट हालसम्म ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आएको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ ।

    गैंडाकोट वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले बजेट छैन भनेर बस्न नहुने भन्दै वडा र नगरमा आफुले पहल गरेर बजेटको व्यवस्थापन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । २०४४ सालको हनुमान जयन्तिका दिनदेखि उक्त स्थानमा मूर्ति स्थापना गरि पूजाआजा हुँदै आएको छ ।

    पत्रकार सम्मेलनमा मन्दिर निर्माण समिति संयोजक ओमप्रसाद सापकोटा, संस्थापक अध्यक्ष रत्नाखर सापकोटा, गैंडाकोट वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, गण्डकी प्रदेश स्थानीय सामुदायिक बन महासंघका उपाध्यक्ष खगराज सापकोटा, कार्यक्रम संयोजक गंगाबहादुर पाण्डे, समितिका सहसचिब पिताम्बर सापकोटालगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल
    • सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.