सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनमा मोटरसाईकल दुर्घटना, दुईको मृत्यु एक गम्भीर घाईते


  •    /७ बैशाख २०७६, शनिबार ०८:४४ 
  • चितवन :
    पूर्वी चितवनका दुई ठाउँमा शुक्रबार राती भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्बर १ पिप्लेमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मकवानपुर काँकडा ५ बस्ने २७ वर्षिय गोपिलाल स्याङ्तान रहेको प्रहरीले जनाएको छ । लोथरबाट रत्ननगर तर्फ आउँदै गरेको ना ९ प ९९३२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । स्याङ्तानको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ३ शान्ति चोकमा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ४ पदमपुरका ३० वर्षिय रामजी महत्तो रहेका छन् । सोही दुर्घटनामा परी मोटरसाईकल चालक कालिका नगरपालिका ४ पदमपुरकै २२ वर्षिय कृष्णनाथ महत्तो गम्भीर घाईते भएका छन् ।
    खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नम्बरको मोटरसाईकल रोकी राखेको ना ६ ख ११७५ नम्बरको ट्रकमा शुक्रबार राती ठोक्किएको हो ।

    गम्भीर घाईते भएका गोपीलालको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते कृष्णनाथको उक्त कलेजमा उपचार भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.