सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तालिवान सुरक्षा बललाई लक्षित गरी बम विष्फोट, दुई सर्वसाधारण घाइते


  •    न्युजभित्तो/२९ कार्तिक २०७८, सोमबार १४:३२ 
  • काबुल, २९ कार्तिक। अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

    पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट(ए(साङ्गी इलाकामा रहेको विवाह हल नजिकै बिहान भीडभाडको समयमा विष्फोट भएको प्रत्यक्षदर्शी मोहम्मद नाबीले सिन्ह्वालाई बताएका छन्।”विष्फोटको प्रकृति हेर्दा टाँसिने खालको बम आक्रमण थियो जुन तालिवानको गाडी त्यहाँबाट गुडिरहेको समयमा विष्फोट भएको थियो,” उनले भने। उक्त घटनामा गाडीमा सवार कुनै तालिबान सदस्य प्रभावित भए नभएको भने यकिन हुन सकेको छैन। आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

    काबुलले अगस्टको मध्यमा तालिबानले देश कब्जा गरेपछि अफगान कार्यवाहक सरकारको बिरूद्ध इस्लामिक स्टेट ९आईएस० सँग आबद्ध लडाकुहरूले शृङ्खलाबद्ध आतङ्ककारी हमलाहरू भोगिरहेको छ।
    शनिबार पश्चिमी काबुलमा सार्वजनिक मिनिबसमा जोडिएको बम विष्फोट हुँदा एक पत्रकारको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए।सिन्ह्वा

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.