सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लिम्पियाधुरामा जनगणना गर्न कुटनीतिक पहल भइरहेको छ : तथ्यांक विभाग


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १४:०१ 
  • काठमाडौं,२३ कात्तिक । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतसँग समन्वय भइरहेको बताएको छ ।

    विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको छ

    कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्ने विभिन्न विकल्पका रुपमा छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘विकल्प तीन चार वटा छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न दिँदैन, कि सेनालाई लगेर (जनगणना) गराउने, जुन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कुटनीतिक पहल भइरहेको छ’ उनले भने ।

    महानिर्देशक श्रेष्ठले भारतले अनुमति दिएमा गणकहरुको भौतिक उपस्थितिमै जनगणना गर्ने बताए । १५ दिनभित्र भारतबाट जवाफ नआएमा अनुमानमा आधारित जनगणना गर्ने उनको भनाइ छ ।

    ‘अन्य स्रोतबाट गरिएको प्रक्षेपणमा ७ देखि ८ सय जनसंख्या रहेको अनुमान छ, स्याटेलाइट प्रयोग गरेर, घर गनेर, औसत निकालेर अनुमान गर्न सक्छौं’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.