श्रीनगर, (रासस/एएफपी) । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको सरकारी स्रोतले बताएको छ ।
काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक सुरक्षा ऐनअन्तर्गत छानबिनका लागि हिरासतमा लिइएको छ ।” उक्त ऐनले कुनै पनि व्यक्तिलाई अभियोग वा सुनुवाइबिना नै दुई वर्षसम्म थुनामा राख्ने व्यवस्था छ । यद्यपि उक्त कानूनलाई भारत मै पनि विवादास्पद मानिन्छ ।
“पक्राउ परेका अधिकांशलाई काश्मिरमा राख्ने व्यवस्था नहुँदा हवाई मार्ग हुँदै मुलुकका विभिन्न स्थानमा रहेका हिरासतमा राखिएको छ,” उहाँले भन्नुभयो । उहाँले काश्मिरमा टेलिफोनलगायत अन्य सञ्चारमाध्यम अवरूद्ध भएका समय आफूले यो तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्नका लागि आफूलाई उपलब्ध गराइएको सेटेलाइट फोनमार्फत साथीहरूको सहयोग लिएको पनि बताउनुभयो ।”