सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कात्तिक २८ देखि चित्लाङ–थानकोट सडकमा सवारी आवागमन बन्द हुने


  •    न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १६:२६ 
  • टिस्टुङ, २३ कात्तिक । गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।

    मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ । कात्तिक २६ गतेदेखि सडक निर्माणको काम पुनः सुरु गर्ने र कात्तिक २८ गतेदेखि पूर्णरूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सरकोर समितिका सदस्य रामशरण नेपालले जानकारी दिनुभयो ।

    “काठमाडौँ आउजाउ गर्न बाटो ‘क्लियर’ छ, तर सडक निर्माण जारी रहँदा जोखिम हुने भएकाले बन्द गर्ने निर्णय गरिएको हो”, सडक निर्माणका अभियानकर्मी नेपालले भन्नुभयो । चित्लाङ थानकोट सडकअन्तर्गत थानकोट–चन्द्रागिरि खण्डको ठेक्काको म्याद आगामी चैतदेखि सकिने हुँदा तोकिएको म्यादभित्र तोकिएका काम सक्नु निर्माण पक्षमाथि दबाब छ । “जनताको माग पनि छिटोभन्दा छिटो बाटो बनोस् भन्ने छ, त्यही भएर चाडबाड सकिएलगत्तै काम सुरु गर्न लागेका हौँ”, समितिका सदस्य नेपालले भन्नुभयो ।

    सडक निर्माण सरोकार समितिका अनुसार थानकोटबाट दुई हजार २५०० मिटरदेखि ८२५० मिटरसम्मको सडकको ‘ट्याक क्लियर’ भइसकेको छ । यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३१६० मिटर सडकमा मेसिनरी वाल उठाउने, ३४२० मिटर सडकसम्म डाउन गर्ने, ३५८० मिटर सडकसम्म दुई मिटर माटो भर्ने, ३७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्सीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायतको काम भएका छन् । त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ । सडक निर्माणका मुख्य अभियानकर्मी सुभाषचन्द्र ठकुरीका अनुसार अँधेरी खोल्छामा ‘रक कटिङ’ गरेर उजेली खोल्सा बनाइएको छ भने तीन वटा अप्ठ्यारा घुम्तीलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्र्याक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताउनुभयो ।

    उहाँले ७९०० मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमूना प्राकृतिक वालसमेत निर्माण गरिएको जानकारी दिनुभयो । ठकुरीका अनुसार अब छाप्रोमाथिको खोल्सीको मोड सुधार गर्नुपर्ने, थुप्रेको माटो फाल्नुपर्ने, डोजर झरेको मोडमा तीन मिटरबाहिर आउनेगरी वाल लगाउनुपर्ने, सबै ठाउँमा १० मिटर हुनेगरी चौडा बनाउनुपर्ने, पश्चिम ६ किलोमिटरको मोडमा तीन मिटर बाहिर वाल लगाउनुपर्ने, अँधेरी खोल्सीको बाटो फराकिलो बनाउनुपर्ने, राम्चेको जेड कटिङसम्मको सिङ्गल बाटोलाई डबल बनाउनुपर्ने जस्ता काम गर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.