सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिद्यालयस्तरीय राष्ट्रव्यापी पौडी प्रतियोगिता चितवनमा हुने


  •    न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १५:५१ 
  • चितवन, २३ कात्तिक । जिल्लामा पहिलोपटक राष्ट्रियस्तरको पौडी प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका–१३ मा राष्ट्रिय विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको हो । यही कात्तिक २७ र २८ गते लेक ट्वान्टी थाउजेन्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा प्रतियोगिता हुन लागेको हो ।

    महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देभेन लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाईतर्फ आठ र फ्री स्टाइलतर्फ १० खेलहरु हुनेछन् । पच्चीस मिटरदेखि १०० मिटरसम्मका पौडी प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

    प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयका ८–१०, १२–१४ वर्ष उमेर समूहका विद्यार्थी र १५ वर्षमाथिका खेलाडी सहभागी हुनेछन् । चितवन, मोरङ, ललितपुर, काठमाडाँै, कास्की, बाँकेलगायतका जिल्लाका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सो अवसरमा जानकारी दिइयो । प्रतियोगिताका लागि २५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको पौडी पोखरी ६ लेनको तीनदेखि पाँच फिटसम्मको गहिरो छ ।

    प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी सङ्घको रहेको छ । यसअघि यहाँ छ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टोलीका १२ खेलाडीले पौडी तालिम लिएका थिए । पौडी पोखरीका लागि संरचना निर्माणमा रु दुई करोड खर्च गरी अन्तर्राष्ट्रिय मापदण्डको पोखरी निर्माण गरिएसँगै हवेली आफँैले पौडी प्रतियोगिताको आयोजना गरेको लोहनीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.