सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्यान्माकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत


  •    न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १५:४४ 
  • काठमाडौँ, २३ कात्तिक । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।

    नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो । स्थानीय गाउँले परिवेशको ‘मानव दैनिकी’ शीर्षकको सिर्जना प्रतिस्पर्धामा समावेश छ । उक्त प्रदर्शनीमा ४६ देशका ३०२ कलाकृतिहरु समावेश हुने आयोजकले जनाएको छ ।

    कूल ५१ देशका ४८३ कलाकृति प्राप्त भएकामा २०३ वटा सिर्जना छनोट भएको कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिनुभयो । प्रदर्शनीअन्तर्गत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा रु एक लाख ५० हजार बराबरको नगद तथा ६० हजार मूल्य बराबरको कलासामग्री पुरस्कारस्वरुप दिइनेछ । पुरस्कार छनोट समितिले सार्वजनिक गरेको विवरणअनुसार चीन, म्यान्मा, थाइल्यान्ड, रसिया र नेपालका सात कलाकारका कलाकृति उत्कृष्ट छनोट हुँदै नगर पुरस्कार प्राप्त गर्न लागेको हो ।

    अन्य ६ कलाकारका सिर्जनाले पुरस्कारस्वरुप कला सामग्री प्राप्त गर्ने जनाइएको छ । पुरस्कार छनोट भएका सिर्जनामध्ये सर्वाेत्कृष्ट हुँदै ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्डबाट म्यान्माका थिन स्विकीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

    चीनका कलाकार रोंग जू कावोलाई ३०० (रु ३६ हजार ), थाइल्यान्डका टोसापोरन, चान्टरासुकले २०० (रु २३ हजार ६००), रसियाका याकुवा भिक्टोरियाले १०० (रु ११ हजार ८००), म्यान्माका मियान्त नाइङ्गले ५० (रु छ हजार डलरको पुरस्कार प्राप्त गरेका गुरुङले जानकारी दिनुभयो । नेपालका दुई कलाकार डी बराल र विश्वराज पराजुलीले पनि क्रमशः २५० (रु २५ हजार ५००) तथा ५० डलर (छ हजार) को पुरस्कार प्राप्त गरेका छन् ।

    पुरस्कारका लागि नेपाली र विदेशीसहित आठ कलाकार छनोट समितिमा रहनुभएको थियोे । पुरस्कार छनोट समितिमा भारतका अमित कपुर, अमेरिकाका स्टेला क्यानफिल्ड र एन्डी इभन्सन, नेपालका दिराम पाल्पाली र एनवी गुरुङ, चीनका हङ्ग स्याङ, सिङ्गापुरका ओङ किम सेङ र दक्षिण कोरियाका यू मी पाक सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.