सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा महिला चेम्बर अफ कमर्सको पदस्थापन


  •    /६ बैशाख २०७६, शुक्रबार २१:४२ 
  • महिलाहरु आत्मनिर्भर बन्न सकेमात्र देशमा समृद्धि आउँछ : उपप्रमुख शाह

    चितवन
    चितवन महिला चेम्बर अफ कर्मसका पदाधिकारीहरुलाई शुक्रबार एक समारोहका बीच पदस्थापन गराइएको छ । कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सका अध्यक्ष उर्मिला श्रेष्ठले कमर्सकी नवनिर्वाचित जिल्ला अध्यक्ष अनुषा पाठकलाई पदस्थापन गराउनु भएको हो ।

    चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले केही दिन अघिमात्र पाठकलाई संस्थाको विधान बमोजिम मनोनित गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्योगी र व्यवसायीहरुलाई प्रोत्साहन गर्दै उनीहरुमा उद्यमशीलता विकास गर्न देशव्यापी रुपमा महिला चेम्बर गठन गरिएको जानकारी दिनुभयो । उहांँले चितवन प्रशस्त सम्भावना बोकेको जिल्ला भएका कारण यहांँका महिलाहरुले उद्योग व्यवसायको क्षेत्रलाई नेतृत्व गर्न सक्ने बताउनुभयो ।

    जिल्ला अध्यक्ष श्रेष्ठले महिला चेम्बर गठन गरी चितवनका महिलाहरुको क्षमता र उद्यमशीलता विकास गर्न आफुहरु लागिपरेको बताउनुभयो । उहांँले चितवनका महिला उद्यमी व्यवसायीलाई एकत्रित गर्दै आगामी दिनमा उनीहरुको क्षमता बृिद्धका लागि तालिम सञ्चालन गर्ने बताउनु भयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले महिलाहरु उद्योग व्यवसायको क्षेत्रमा अगाडि बढ्दा उनीहरुमा आत्मनिर्भरता बढ्ने भन्दै महिलाहरु आत्मनिर्भर बन्न सकेमात्र देशमा समृद्धि आउने बताउनुभयो । चितवन महिला चेम्बरका अध्यक्ष पाठकले आफुलाई चितवनका महिला उद्यमीहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै आफुप्रति गरिएको विश्वासमा खरो उत्रने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पाठकको नेतृत्वमा गठित चितवन महिला चेम्बर अफ कमर्सको उपाध्यक्षमा भवानी पण्डित, सचिवमा निरु कार्की, सहसचिवमा मुना पाण्डे, कोषाध्यक्षमा पिङ्की लामा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा छायाँ श्रेष्ठ, माया श्रेष्ठ, शर्मिला हमाल, अन्जु लामिछाने, मञ्जु मकाजु श्रेष्ठ, चिनु बस्नेत रहनु भएको छ । यस्तै, अन्य सदस्यहरुमा डाक्टर जेनी श्रेष्ठ, जमुना श्रेष्ठ, निशा ढकाल, गीता सेढाई, रुपा बराली, निर्जनी प्रधान, रितु सेन्चुरी, सुनिता प्रधान पिया र भगवती पाण्डे रहनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.