सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनमा पाँच दल सँगै जाउँ, हामी एक्लै काफी छौं : केपी ओली


  •    न्युजभित्तो/१५ कार्तिक २०७८, सोमबार १८:१६ 
  • चितवन, १५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएर गए पनि आफ्नो पार्टी एक्लै काफी भएको बताउनु भएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनलाई आज भरतपुर सम्बोधन गर्नुहुँदै उहाँले पार्टीले एकल बहुमत ल्याउने बताउनु भएको हो ।

    उहाँले भन्नुभयो “कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउँछ ।” पार्टीको १० औं महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो “हामीले एकल बहुमत ल्याउनु पर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनै पर्छ, त्यसको तयारी गर्नुहोस् ।” उहाँले अगाडि भन्नुभयो “एमाले कसैको वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ र जितेर देखाउँछ ।”

    नेकपा एमाले बहुमतको संकल्पका साथ अघि बढेको भन्दै उहाँले कसैको तागतले रोक्न नसक्ने बताउनुभयो । पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उहाँले भन्नुभयो “जोजो मिलेर आए पनि एमालले सामना गर्न तयार छ, जितेर देखाउँछ ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने बताउँदै उहाँले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “अब फेरि कसैले मत पत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ । एमालेका कार्यकर्ताले प्रत्येक जनताको मतको सुरक्षा गर्छन् ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढेको बताउँदै उहाँले रोक्न सके रोक्नका लागि विपक्षी दलहरुलाई चुनौती दिनुभयो ।

    नेकपा (एमाले) पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उहाँले यसका कार्यकर्ता यसैतर्फ केन्द्रीत हुने बताउनुभयो । उहाँले भन्नुभयो “हामी समाजवाद ल्याउन चाहन्छौं, समाजवादको आधार तयार पार्न समृद्धि नेपाल सुखी नेपालीको नारालाई साकार पार्नुपर्छ ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको भन्दै ओलीले भन्नुभयो “हामी देश बनाउन हिँडेका हौं, पाँच दलीय गठबन्धन भत्काउन हिडिरहेका छन् । जनताले देश बनाउने र भत्काउनेलाई निर्वाचनमा छुट्याईदिनेछन् ।”

    कार्यकर्ताहरुलाई एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्दै उहाँले भन्नुभयो “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस् ।” उहाँले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्ने निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “अब भरतपुरमा अरुलाई जित्न दिनु हुँदैन ।”

    कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेपाललाई राजनीतिक अस्थिरताको भूमरिमा धकेलिएको र फसाईएको भन्दै देशी विदेशी प्रक्रियावादीहरुले यसमा षड्यन्त्र गरिरहेको बताउनुभयो । आउँदो निर्वाचनबाट जनताको मतबाट एमालेले देशको नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशमा समृद्धि र विकाससँगै अगाडि बढाएर राष्ट्रिय स्वाधिनताको जिम्मेवारी नेकपा एमालेको काँधमा आएको उहाँको भनाई थियो ।

    एमाले नेता प्रभु साहले केपी ओली बाचुन्जेल साथ दिने बताउँदै सच्चा कम्युनिष्ट नेतृत्व एमालेले गरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा प्रदेश २ मा एमालेमय बन्ने दावी गर्नुभयो । कार्यक्रममा एमाले नेताहरु सुरेन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.