सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डलाई इङगित गर्दै पूर्वअर्थमन्त्री पाण्डे भने, “उहाँलाई वा कुनै पार्टीलाई टार्गेट गरेको होइन, उहाँ आँफै डराएको हो


  •    न्युजभित्तो/१५ कार्तिक २०७८, सोमबार ११:२५ 
  • चिगवन,१५ कात्तिक  । पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा एमालेको केन्द्रीय महाधिवेशन गर्न खोज्यो भनेर कोहि डराउनुनपर्ने बताएका छन् ।

    भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डलाई इङगित गर्दै उनले भने, “उहाँलाई वा कुनै पार्टीलाई टार्गेट गरेको होइन, उहाँ आँफै डराएको हो ।” केही दिन पहिले चितवनमा आएर प्रचण्डले एमालेको महाधिवेशन आँफुलाई टार्गेट गरेर चितवनमा गर्न खोजेको अभिव्यक्ति दिएका थिए । “उहाँको मन डराएको अभिव्यक्ति मात्रै हो”, पाण्डेले भने, ” देश चलाउने पार्टी कुनै व्यक्ति वा पार्टी टार्गेट हुदैन, हामी ठूलो उद्धेश्य लिएर हिडेका छौँ ।” विधान महाधिवेशनकै बेला चितवनमा महाधिवेशन गर्नेबारे अनौपचारिक छलफल समेत चलेको बताए ।

    उनले चितवनमा हुने केन्द्रीय महाधिवेशनमा ५ लाख जनता सहभागी हुने बताए । “गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, बागमतीबाट अढाइ लाख, प्रदेश नम्बर १ बाट २५ हजार सहभागी हुने अनुमान छ”, उनले भने, “हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।” उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी केही दिनमै पुरिने बताए ।

    सौराहामै करिब ३५ सय जनालाई बस्ने व्यवस्था मिलाइने बताए । आजै महाधिवेशन मुल समितिको सम्पर्क कार्याल एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरि महाधिवेशन तयारी तीव्र पारिने बताए । उनले यसपालिको महाधिवेशन सहमतिकै हुने र केही पदमा मात्रै चुनाव हुने बताए । आजै एमाले अध्यक्ष ओली सडक मार्गहुदै चितवन आउदैछन् । उनी चितवनका विभिन्न ७ कार्यक्रममा सहभागि हुदैछन् । स्थायी समिति सदस्य रामबहादुर थापा वादल पनि चितवन आइपुगेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.