सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१० औँ महाधिवेशन स्थलको आफै निरीक्षण गर्दै ओली


  •    न्युजभित्तो/१५ कार्तिक २०७८, सोमबार ११:१९ 
  • चितवन, १५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिनुहुने भएको छ । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ ।

    अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उहाँले बताउनुभयो । ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन आउँदै हुनुहुन्छ । चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उहाँ महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले जानकारी दिनुभयो । दुई दिनको चितवनको बसाईका क्रममा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन् । यहाँको बसाईका क्रममा विभिन्न नेता कार्यकर्ता भेटघाट कार्यक्रम रहेका छन् । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.