सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले अध्यक्ष ओली आज चितवन आउँदै, भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नुहुने


  •    न्युजभित्तो/१५ कार्तिक २०७८, सोमबार ०८:१५ 
  • चितवन, १५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओलीले आज चितवन आउँदै हुनुहुन्छ । उहाँ सडक मार्ग हुँदै आउन लाग्नुभएको हो । यस क्रममा धादिङ र चितवनका विभिन्न स्थानमा नेता कार्यकर्ताहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

    ओलिलाई धादिङको फिस्लिङ र चितवनको मुग्लिनमा स्वागत गरिने जनाईएको छ । यस्तै ओलीले मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगामा उहाँहरुको शालिकमा माल्यार्पण गर्नुहुनेछ ।

    नारायणगढ आए लगत्तै अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँहरुको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । उद्घाटन सत्रको टुंगो लागेपनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुंगो लाग्ने नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

    भोलि १६ गते नारायणी नदीमा क्रुजको अवलोकन गर्ने र माडीको अयोध्याधाम जाने कार्यक्रम रहेको छ । ओलिसँगै एमाले नेताहरु रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे पनि जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.