सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आउँदो फागुन १४ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १६:५६ 
  • काठमाडौं,१४ कात्तिक । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

    आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा। धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

    विश्वविद्यालयमा शिक्षा सुधारका विभिन्न माग राख्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिन माग गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सचलन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

    विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक सत्र प्रारम्भ परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ । त्यस्तै सेमेस्टरको हकमा महिनाभित्र र वार्षिक परीक्षाको हकमा ३ महिनाभित्र परीक्षाफल प्रकाशन गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

    हेर्नुहोस् अनेरास्ववियुको माग

      

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.