सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमबिबिएस पढ्दै गरेका विद्याथी सम्पर्कविहीन


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १४:४९ 
  • काठमाडौँ, १४ कात्तिक । काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन ।

    काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरु गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिनुभयो । “कलेजबाट निस्केर गएको भन्ने छ, हामी खोज्दै छौँ, कारण पत्ता लागिसकेको छैन”, बस्नेतले रासससँग भन्नुभयो ।

    उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन् । शाहीका फुपुका छोरा ९नाताले दाई० पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गर्नुभयो । भदौ १७ मा हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशङ्का उब्जिएको उहाँले बताउनुभयो ।

    खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो थियोे ।

    “आज ५९औँ दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन, भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन”, उहाँले भन्नुभयो, “बाध्य भएर मिडियामा आउनुपरेको छ ।” मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात बन्न पुगेको हो भन्नुभयोे ।“शाही असल विद्यार्थी हुन्, गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ, हामीलाई मान्छे चाहियो”, उहाँले जोड दिनुभयो ।

    शाहीका साथीहरुले तपाईहरु छिटो आएर राजेशलाई निकाल्नुहोस्, हामीले देखेका छौँ भनेर खबर गरेको सुनाउँदै मल्लले अहिले विभिन्न बहाना निकालेर उसैमथि नै नैतिक प्रश्न खडा गर्ने अवस्था देखिएकोे मल्लको भनाइ थियो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताउनुभयो ।

    उहाँले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकरी दिनुभयो । “उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्, कारण फेला पार्न सकिएको छैन”, प्रवक्ता पौडेलले भन्नुभयो । दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उहाँले जानकारी दिनुभयो ।

    प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआइवीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको पनि बताउनुभयो । परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.