सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छः नेता सिंह


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १४:२६ 
  • काठमाडौँ, १४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको हो । “देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू पार्टी सभापति बन्नुपर्ने हुन्छ ।“

    नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनका लागि आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिनुभयो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले केपी शर्मा ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको हो भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.