सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १४:१७ 
  • रामपुर (पाल्पा), १४ कात्तिक । इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा चुहिने भएकाले प्रहरीलाई सेवा प्रवाहमा समस्या थपिएको छ ।

    द्वन्द्वकालमा ध्वस्त बनेको तीन कोठाको ब्यारेक भवन पानी चुहिएर बस्नै नमिल्ने अवस्था छ । सबै कोठा चर्किएका छन् । कार्यालय भवन दुईतला छ कोठासहितको छ । यो पनि बस्न लायकको छैन । तैपनि भवन अभावमा काम चलाउका रुपमा दुःखले प्रयोग गरिएको छ ।

    शान्ति तथा पुनर्निर्माण मन्त्रालय शान्तिकोषबाट रु ३५ लाख ९२ हजार ३६० सहयोगमा निर्मित भवन विसं २०६८ मङ्सिर १९ गते समुद्घाटन गरी प्रयोगमा ल्याइएको छ । सो भवन एक तले तीन कोठाको छ । प्रहरी हबल्दार र जवान ब्यारेकका रुपमा प्रयोग गरिएको छ ।

    थुनुवाका लागि एकवटा अस्थायी कोठा छ । महिला थुनुवाका लागि कार्यालय प्रमुखको कार्यकक्ष प्रयोग गर्नुपर्ने अवस्था छ । महिलाका लागि छुट्टै थुनुवा कक्ष नहुँदा अप्ठ्यारो स्थिति रहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो । “भवन चुहिने समस्या छ, महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कक्ष छैन, महिला थुनुवालाई कार्यालय प्रमुखको कार्यकक्षमा महिला प्रहरी खटाएर राख्ने गरिएको छ, यस कार्यालयको कार्यक्षेत्र र जनघनत्व ठूलो छ,” उहाँले भन्नुभयो ।

    कार्यक्षेत्र ठूलो रहेको हुँदा पनि दैनिक विभिन्न घटना प्रहरीमा आउने गर्छन् । भवन जीर्ण र अभावमा विभिन्न घटनामा सम्बन्धित व्यक्तिलाई अनुसन्धानमा समस्या छ । कालीगण्डकी करिडोर सडकखण्डमा हाल दैनिकजसो सवारी दुर्घटना हुन थालेका छन् । व्यस्त बन्दै गरेको रामपुरका मुख्य बजार बेझाड, किसानवारी, विजयपुर जस्ता बजारहरु, सडक क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ । प्रहरी निरीक्षकको दरबन्दी रहेको यस कार्यालयमा २६ जनाको दरबन्दी कायम छ । हाल भने यहाँ ३७ जना कार्यरत छन् । रामपुर नगरपालिकासहित निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका–१ सिलुवा यस कार्यालयको क्षेत्र पर्छ ।

    इलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा रहेको छ । पूर्वी पाल्पामा जनघनत्व बढ्दै जानु र अहिले कायम रहेको प्रहरी निरीक्षकको दरबन्दीको स्तरोन्नतिको माग स्थानीयवासीले गरिरहेका छन् । यस कार्यालयको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले प्रहरी नायबर उपरीक्षकको दरबन्दी र मुद्दा दर्ता लगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि स्थानीयवासीले सम्बन्धित निकायमा दबाब दिइरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईसमक्ष पनि यहाँका जनप्रतिनिधि, सरोकारवाला नागरिक, राजनीतिक दलले यहाँको शान्ति सुव्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतिको माग गरेका छन् । प्रहरी उपरीक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्दाहरु रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्तिसहितको पूर्वाधार आवश्यक रहेको बताउनुभयो । आफू पाल्पा आएदेखि मुद्दा र क्षेत्रको हिसाबले रामपुरमा संरचना थपका लागि पहल भइरहेको उल्लेख गर्दै सुरक्षाको हिसाबले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।

    इलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माणका लागि अध्ययन थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको सम्भाव्यता अध्ययन कार्यसमेत गरिएको छ । एसियाली विकास बैंक ९एडिबी० को समन्वयमा महिला, बालबालिका, फरक क्षमता भएका, ज्येष्ठ नागरिकका लागि लक्षित गरी बन्ने भवनको सम्बन्धित निकायले स्थलगत अध्ययन अवलोकन गरिसकेको छ ।

    एडिबीले नेपालका विभिन्न दस स्थानका प्रहरी कार्यालयमा बनाउने गरी अगाडि बढेको टोलीले भवनका लागि कम्तीमा चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको छ । दस स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनोटपश्चात् तीन स्थानमा भवन बन्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.