सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एचए पूरा गरेका विपीन अटो चलाउँदै


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १३:०७ 
  • कर्णाली,१४ कात्तिक । तातोपानी गाउँपालिका– ३ जुम्ला लिताकोट गाउँका २७ वर्षीय युवा विपीन सुनार यतिबेला अटो व्यवसाय सञ्चालनमा व्यस्त हुनुहुन्छ । योग्यता प्राप्त भए पनि जागिरका लागि विदेश जाने युवाका अगाडि उहाँले उदाहरणीय काम गर्नुभएको छ ।

    विपीनले एचए ९स्वास्थ्य सहायक० तह उत्तीर्ण गर्नुभएको छ । विसं २०७२÷७५ मा उहाँले डा ईवामुरा कलेज अफ हेल्थ साइन्स ९आइडब्लुएमुरा० भक्तपुरको सल्लाघारीबाट प्रथम श्रेणीमा एचए उत्तीर्ण गर्नुभयो । आयोग दिन नपाएका विपीनले शक्ति र पहुँचका कारण स्थानीय तथा प्रदेश सरकारमा जागीर खान नपाएको दुखेसो व्यक्त गर्नुभयो ।

    एक दशकअघि आमाबाबा गुमाएका उहाँले हिमशिखर मावि तातोपानी जुम्लाबाट विसं २०७० मा एसएलसी उत्तीर्ण गर्नुएको थियो । “एसएलसीपछि दुई वर्ष खाली बसे, जापानीले खोलेको डा ईवामुरा कलेजमा छात्रवृत्तीमा पढ्न परीक्षा दिए र सफल भए”, उहाँले भन्नुभयो, “उक्त कलेजबाट प्रथम श्रेणीमा एचए पास गरेँ, तर सरकारले दिने जागीरमा राम्रो भन्दा आफ्नो र दक्ष भन्दा नजिककालाई दिने संस्कार रहेछ ।” सरकारी जागीर नपाएपछि अहिले अटो व्यवसायतर्फ लागेको सुनारले बताउनुभयो ।

    “हाम्रो समाजमा पढेलेखेका व्यक्तिले अन्य काम गर्नुहुँदैन, जे पढ्यो त्यही अनुसार काम गर्नुपर्दछ भन्ने सामाजिक सोच, संस्कार र परम्परा छ”, सुनारले भन्नुभयो, “त्यसलाई मैले तोड्ने प्रयास गरेको छु ।” सकेसम्म पढेकाले सबैखाले काम गर्न सक्छन् भन्ने आफूले बुझेको उहाँले सुनाउनुभयो ।

    उहाँका अनुसार काम सानो ठूलो हुँदैन र हरेकले आफ्नो मेहनत र परिश्रममा रमाउनुपर्दछ । सानातिनो काम गर्न लाज मानेर विदेशिने युवालाई सुझाउँदै सुनारले भन्नुभयो, “रु ३०÷३५ हजार कमाउन खाडी मुलुकमा जानुपर्दैन, विदेशीको दास बन्नुपर्दैन, मेहनत र परिश्रमको पसिनाले स्वदेशकै राम्रो आम्दानी गर्न सकिन्छ ।”

    जुम्ला सदरमुकामदेखि तिला गाउँपालिकाको त्रिवेणीसम्म अटो सञ्चालन गर्दै आउनुभएका उहाँले मासिक रु २०÷३० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले रु सात लाख ५० हजारमा किनेको अटोको सबै किस्ता तिरिसक्नुभएको छ । अटो व्यवसायले श्रीमती, दुई छोरी र एक छोराको पालनपोषण तथा शिक्षा दिक्षामा सहयोग पुगेको जनाउँदै उहाँले यसले आत्मनिर्भरता बढाएको बताउनुभयो ।

    अटो चलाउँदै गर्नुभएका सुनारले आयोग खुलेसम्म एचएको परीक्षा दिने सोच बनाएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “गरिब र पहुँचहिनहरुका लागि लोकसेवा आयोगले मात्र न्याय गर्छ जस्तो लाग्छ, आयोगले आवेदन खोलेसम्म परीक्षा दिन्छु, अहिले अटो तर भविष्यमा आयोगबाटै नेपाल सरकारको राष्ट्रसेवक कर्मचारीमा नाम निकालेर नागरिकको सेवा गर्ने मेरो उत्कट इच्छा रहेको छ ।”

    उहाँले अहिलेका हरेक युवालाई व्यर्थमा समय नफाल्न अनुरोध गर्नुभयो । सामाजिक सञ्जालमा धेरैले पैसा र समय बर्बाद गरेको जनाउँदै सुनारले आमाबाबासहितका अभिभावकप्रति आज्ञाकारी भएर काम गर्ने सबै सन्तानको भविष्य सुनौलो र सम्मानित हुने जनाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.