सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार १३:०३ 
  • परासी,१४ कात्तिक । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।

    सङ्ग्रहालयका लागि रु ७० लाखको लागतमा भवन निर्माण गरिएको छ । सरावल गाउँपालिका, पूर्वमन्त्री गोपाल दहितको सांसद विकास कोष, साविक जिविसको सहयोग तथा श्रमदानबाट थारू मिलन केन्द्र तथा सङ्ग्रहालय भवनको निर्माण गरिएको थारू कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले राससलाई जानकारी दिनुभयो ।

    “यो जिल्लाकै पहिलो थारू सङ्ग्रहालय हो, यहाँ हाम्रो लोप हुन लागेको परम्परागत वेषभूषा, रीतिरिवाज, रहनसहन, संस्कृति, पहिचान झल्किने सामग्री राखिनेछ, यसबाट थारू समुदायको संस्कृति संरक्षण हुने र पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

    सङ्ग्रहालयमा एक महिनाभित्र थारू संस्कृति झल्काउने सामग्री हलो, जाँतो, कुटो, कोदालो, ढिकी, खल, जाल, परम्परागत थारू पहिरनलगायत अवलोकन गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो । थारू भाषामा प्रकाशित पुस्तक पनि सङ्ग्रहालयमा राखिएको छ ।

    सङ्ग्रहालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री दहितले थारू समुदायको पहिचान र ऐतिहासिकता संरक्षणमा सङ्ग्रहालयले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले थारू संस्कृति संरक्षण गर्न नयाँ पुस्तालाई परम्परागत लोक संस्कृति, रीतिरिवाज, पहिरन तथा सामग्रीबारेमा अध्ययन अवलोकन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विसं २०६६ बाट सुरुआत गरी थोरै–थोरै रकम जुटाएर अहिले सङ्ग्रहालय स्थापना गर्न सफल भएको बताउनुभयो । उहाँले गाउँपालिकाले सुरुदेखि नै बजेट सहयोग गर्दै आएको र यस वर्ष पनि सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालनका लागि रु पाँच लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

    सङ्ग्रहालयमा राखिने थारू सामग्रीको अध्ययन अवलोकनबाट लोप हुने अवस्थामा पुगेको थारू संस्कृतिको ज्ञान हुने, जीवनशैली बुझ्न सजिलो हुनाका साथै पर्यटकीय केन्द्रका रूपमा पनि यो स्थल विकास हुने उहाँले बताउनुभयो । थारू जातिको बाहुल्यता रहेको स्थल सरावलमा थारू सङ्ग्रहालय हुनु गौरवको विषय भएको जनाउँदै उहाँले पूर्वपश्चिम राजमार्ग नजिकै रहेकाले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.