सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पालुङटारमा टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार ११:३८ 
  • पालुङटार (गोरखा), १४ कात्तिक । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गर्नुभएको हो ।

    सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आउनुभएका उहाँले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गर्नुभएको हो । “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरेँ”, उहाँले भन्नुभयो ।

    सुरुआती चरणमा रु ७० लाख लगानी गरेर टर्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गर्नुभएको छ । केही समय पहिले ९०० टर्कीपालन गर्नुभएका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् । लुइँटेलले पालन गर्नुभएको टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । “हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

    डेढ वर्षदेखि टर्कीपालन गर्दै आउनुभएका उहाँले एउटा टर्की १५ किलोसम्म बनाउनुभएको छ । उहाँले टर्कीको मासु एक किलोको रु एक हजारमा बिक्री वितरण गर्दै आएको बताउनुभयो । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो ।

    श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाउनुभएका जीवमनिले हाल आफँै गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पु¥याउँदै आउनुभएको छ । “परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो ।

    टर्कीपालनबाटै उहाँले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराउनुभएको छ । उहाँका छोराछोरीमध्ये हाल एक छोरी अमरज्योति जनता माध्यामिक विद्यालय लुइँटेलमा कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययनरत हुनुहुन्छ भने अर्की छोरी गोरखा पोलिटेक्निकलमा प्राविधिक शिक्षा अध्ययनरत हुनुहुन्छ । आगामी दिनमा उहाँले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने राससलाई जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.