सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति भण्डारी लुम्बिनी आउनुहुने


  •    न्युजभित्तो/१४ कार्तिक २०७८, आईतवार ०९:४४ 
  • सिद्धार्थनगर, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने कार्यक्रम तय भएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा उहाँले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारीदिनुभो ।

    उहाँले भन्नुभयो, “महामहिम राष्ट्रपतिज्यू आज विहान लुम्बिनी आउने कार्यक्रम तय भएको छ । यहाँ उहाँलाई कोषको तर्फबाट लुम्बिनी गुरुयोजनाको हालसम्मको प्रगतिका बारेमा ‘ब्रिफिङ’ हुन्छ । उहाँले मायादेवी मन्दिरमा पूजाअर्चना तथा निरीक्षण गर्ने, बज्रयान महाविहार र नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्ने, शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गर्ने एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिने कार्यक्रम रहेको छ ।”

    कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुनुहुनेछ ।

    शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुग्नुभएको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

    उहाँका अनुसार लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा आज नै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम छ ।सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो । फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा आइपुग्नुभएको छ । रुपन्देहीको सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी श्रषिराम तिवारीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.