सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले अध्यक्ष ओली माडीको अयोध्याधाम जाने, तयारीका लागि पाँच उपसमिति गठन


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार २२:११ 
  • माडी, १३ कार्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले यही कार्तिक १६ गते माडीको अयोध्याधाममा आयोजनामा गरिएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुनेभएको छ । नेकपा एमाले माडी नगर कमिटीले कार्तिक १६ गते माडी ९ अयोध्याधाममा अयोजना गरेको भेटघाट एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको हो ।

    अयोध्यधामको निरीक्षण गर्नको लागि माडी जाने कार्यक्रम निर्धारण भएको नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । एमाले अध्यक्ष अयोध्याधाम आउने कार्यक्रम निर्धारण भएपछि नेकपा एमाले माडी नगर कमिटी कार्यक्रम सम्पन्न गर्न सक्रिय भएर लागेको छ । कार्यक्रमलाई व्यवस्थित रुपले सम्पन्न गर्नको लागि नेकपा एमाले माडी नगर कमिटीको आज सम्पन्न बैठकले ५ वटा उप समितिहरु गठन गरेको नेकपा एमाले माडी नगर कमिटिका अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिनुभयो ।

    कार्यक्रम व्यवस्थापन उपसमितिमा श्यामकुमार विष्ट, प्रचार प्रसारमा श्रीप्रसाद दवाडी, मञ्च र साउण्ड व्यवस्थापनमा रामेश्वर चौधरी, स्वागत सत्कारमा कृष्णराज अधिकारी, युवा परिचालनमा सूर्य भण्डारी रहनुभएको छ ।

    कार्यक्रमलाई व्यवस्थित गर्नुका साथै समग्र माडीको विकास र अयोध्याधामको गुरुयोजनाका सम्बन्धमा व्यवस्थित छलफल गर्ने उद्देश्यले आइतवार माडीका ९ वटै वडा कमिटीको बैठक आयोजना गरिएको प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । केपी ओली माडी आउने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

    एमाले अध्यक्ष ओली नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजना स्थल निरीक्षण गर्नुका साथै नेकपा एमाले भरतपुर महानगरपालिकाको अधिवेशन उद्घाटन गर्न कार्तिक १५ गते नै चितवन आउने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.