सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

के छ केपी ओलीको दुई दिने चितवन कार्यक्रम ?


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार २१:५७ 
  • चितवन, १३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी ओली कात्तिक १५ र १६ गते चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनु हुने भएको छ । काठमाण्डौंबाट सडक मार्ग हुँदै आउनुहुने ओलीका पाँच वटा कार्यक्रम तय भएका हुन् ।

    नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलका अनुसार कात्तिक १५ गते बिहान अध्यक्ष ओली सडक मार्ग हुँदै चितवन आउनु हुनेछ । उहाँ चितवन आए लगत्तै एमालेका महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारको अवलोकन गर्नुहुनेछ ।

    त्यस लगत्तै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको रावलले जानकारी दिनुभयो । महानगर कमिटीको अधिवेशन भरतपुरको सिएमटि रिसोर्ट (पुरानो स्टार बैंङ्कैट) हाकिमचोकमा आयोजना गरिएको छ । उक्त सभालाई मध्यान्ह १२ बजे सम्बोधन गर्नुहुनेछ । अधिवेशन उद्घाटनपछि अध्यक्ष ओलीले एमालेको केन्द्रीय महाधिवेशनको बन्द सत्र हुने सौराहास्थित होटल सेभेन स्टारको अवलोकन गर्नुहुनेछ ।

    कात्तिक १६ गते ११ बजे माडीको अयोध्याधाको अवलोकन एवं भेटघाट कार्यक्रम तय भएको छ । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भगवान राम नेपालको माडीस्थित अयोध्यापुरीमा जन्मिएको बताउनुभएपछि उक्त ठाउँमा मन्दिर निर्माण गरी राम, सीता, हनुमानका मूर्ति स्थापना गरिएको छ । अयोध्याधाममा विशाल राममन्दिर निर्माणका लागि गुरुयोजना समेत बनिरहेको छ ।

    सोही दिन अध्यक्ष ओलीले नारायणी नदीमा सञ्चालन हुने क्रुजको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलि चितवन आउने भएपछि यहाँका नेता तथा कार्यकर्ता र स्थानीय उत्साहित भएका छन् । चितवनका कार्यक्रममा ‘ओलीले के बोल्नुहुन्छ ?’ भन्ने कौतुहल्ता सबैमा जागेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.